चर्चित उर्दु कबिताको व्याख्या।

     साजिद अलि मियाँ।२०७८

        तपाई समपुर्णलाई मेरो पहिलो ब्लगमा हार्दिक स्वागत छ।म आज तपाईहरुका सामु भारतका एक चर्चित कबि,दार्शनिक,लेखक डाक्टर अल्लामा इक्बालको कबिताको सानो अंशलाई व्याख्या गरेर तपाईको मन,मष्तिस्कमा एउटा सकरात्मक प्रभाव पार्ने कोसिस गर्नेछु।अल्लामा इक्बाल भारतका एक प्रसिद्ध कबि तथा दार्शनिक हुन। उनको जन्म ९ नोबम्वर १८७७मा भारतको सियालकोटमा भएको थियो।उहाँका कृतिहरुमा बिशेष गरि युवाहरुको उत्थान र बिकासका पाठ र सन्देशहरु पाइन्छ।

 उहाँले आफ्नो किताब बाल ए जिब्रिलमा लेख्नु भएको छ कि

  नहि हे तेरा नशेमन कस्र ए सुल्तानी केे गुम्बद पर

  तु शाहीँ है बसेरा कर पहाडो कि चट्टानो पे

  उक्त कबिताको अंशको नेपाली अनुवादः 

  छैैन तिम्रो गुड कस्रका राजाको महलमा

  तिमी बाँज हौ जिबन बिताउ पहाडको चट्टानमा

यस कबितामा अल्लामा इक्बालले एउटा बाँजलाई सम्बोधन गरेर यो अंश लेख्नु भएको छ तर यस्को सन्देश पुरा मनुष्यका लागि जो आफुलाइ कमजोर र लाचार सम्झन्छन।वहाँले लेख्नुभएको छ कि तिम्रो घर,तिम्रो सफलताको बाटो,तिम्रो अधिकार कुनै राजा महाराजाको महलमा छैन।तिमी आफै शक्तिशाली छौ,तिमी आफै बलवान् छौ,तिमी आफै सक्षम छौ,तिमी त एउटा मानवजाति हौ तिमीमा हरेक सफलता हासिल गर्ने तागत छ।तिमी आफु भित्रको प्रतिभालाइ पहिचान,आफु भित्रको स्वयमंलाइ पहिचान, तिमी जन्मेका हैनौ कुनै राजा महाराजाको दासता गर्न,चाकडी गर्न, तिमी स्वयम बलवान् छौ ति राजा महाराजा भन्दा पनि महान हुन।

आफैलाइ साधारण कहिल्यै नसोच तिमी त एक बाजँ हौ निडर,स्वतन्त्र,बलवान्,चलाख।तिम्रो गन्तव्य त ठुला ठुला पहाडमा छन्।बाजँको चालचलनलाइ हेर बाजँ कहिल्यै तल्लो स्तरमा उड्दैन हमेशा उच्चतामा बाजँको उडान हुन्छ तिमी पनि बाजँको प्रकृतिलाइ अपनाउ।तिमी यदि बाजँरुपी उडान उड्न चहान्छौ भने तिमीलाइ रोक्नीवाला कोहि छैन केवल तिम्रो कमजोरी,तिम्रो सोच। तिमी कुन सफलता खोजीरहेका छौ त्यो दासतामा,त्यो चाकडीमा,कहाँ कस्ले सफलता हासिल गरेेको छ र कुन व्यक्तिले जितेको छ यो संसार कसैको महलमा बसेर।तिमी मानव् हौ प्रकृतिले तिमिलाइ असिमित तागत दिएको छ,बुद्दिमत्ता दिएको छ,हरेक चिजको समझ दिएको छ,तेस्को इस्तमाल गर र जित यो संसार,पुग पहाडका ठुलाठुला चट्टानहरुमा।बाजँसँग पखेेटा छन भने तिमीसंग पखेटारुपी मष्तिस्क छ,सार्मथ्य छ,भोलीका लागि सोच्ने र योजना बनाउने प्रज्ञा छ।आफुलाई कहिल्यै सानो नसोच,कमजोर नसोच तिमी एकदिन अवश्य पनि सफल हुनेछौ।

 

धन्यवाद,कृपया पोष्ट पढेर आफ्नो प्रतिक्रिया दिनुहोला

Comments